काठमाडौँ, २७ जेठ । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भरपुरका एक जना पुरुषको निधन भएको जानकारी दिएको छ ।
चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ वर्ष पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए छन् ।
प्रवक्ता डा. गौतमका अनुसार ती पुरुषमा सोमबार (हिजो) कोरोना भाइरसको संक्रमण देखिएको थियो । सोही दिन उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आइसियुमा रिफर गरिएको थियो ।
ज्वरो, मधुमेह र उच्च रक्तचापका बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।