नेपालमा कोरोनाको कारण थप एक जनाको मृत्यु : मृत्यु संख्या १४ पुग्यो


काठमाडौँ, २६ जेठ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका एक जना पुरुषको निधन भएको हो ।

सोमबार स्याङ्जाका ५८ वर्षका एक जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । अहिले सम्म ७१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको प्रवक्ता डा.गौतमले जनाएका छन् ।

https://youtu.be/Zgt_JYw5K2c

प्रतिक्रिया दिनुहोस्