काठमाडौं, २५ जेठ । थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या तीन हजार ४४८ पुगेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका जनाएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ७० हजार ७३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।