रोडमा उभिएर निगुरोे बेच्ने १० वर्षकी सुस्मिता


मोरङ, २६ जेठ । मोरङको कानेपोखरी गाउँपालिका निवासी वर्ष १० की सुस्मीता राईले लकडाउनमा निगुरोे बेचिरहेकी थिइन । सुस्मिताले मिठो मुस्कान सहित एक मुठा निगुरोे रु.५० मा बेचिरहेकी थिइन ।

उनी एक्लै थिइनन् । सुस्मितासँगै दावा तामाङ, प्रदीप तामाङ, मौसम लिम्बु, फुर्वे तामाङ लगायत अन्य साथीहरू पनि थिए । स्कुल बन्दा भए पछि आमासँग निंग्रो बेच्न आएकी सुस्मिता साथीहरूसँगै राउदै आफ्नो सानो व्यापार गरी रहेकी थिइन ।

बेलबारी वाड नं. ८ स्थित चिसाङ पुल छेउ पूर्व पश्चिम राजमार्गमा उभिएर निगुरो किन्ने हो ?, भन्दै सोधी रहेको अवस्थामा सुस्मितालाई उनको साथीहरूसँग हाम्रो भेट भएको थियो । साथीहरूसँग मिलेर जंगलबाट निगुरो टिप्ने र बेच्ने अनी कमाएको पैसा बाढ्ने गरेको सुस्मिताले बताइन । पुल पारी भने कानेपोखरी गाउँपालिका पर्छ । चिसाङ पुल बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सीमा हो ।

सुस्मिताको लागि यो रहर जस्तो भए पनि उनको परिवारको लागि भने लकडाउनमा बाध्यता बनेको छ । ज्याला मजदुरी गर्ने सुस्मिताको आमा अहिले निरन्तर रोडमा बसेर निगुरा बेचिरहेकी छिन । सुस्मिताका अनुसार लकडाउन अगाडी उनको आमाले खोलामा गिट्टी बलुवा बोक्ने गर्थिन । उनको बुवाको काम नभएपछि घरमा बस्ने गर्द रहेछन ।

ज्याला मजदुरी गर्ने परिवारको लागि छोरी सुस्मिता एक उदाहरण हो । त्यही रोडमा सुस्मिता जस्तै निगुरो बेच्न उभिएका बालबालिकाहरू थुप्रै छन् । कोही मानिस त्यो बाटो हिढ्दा निगुरो देखाउँदै किन्ने हो ?, भनेर सानो स्वरमा सोध्ने बालबालिकाहरू दैनिकै भेटिन्छ ।

कोरोना भाइरसको महामारीमा जोखिम न्यूनीकरण गर्न सरकारले लागु गरेको लकडाउनमा स्कुल जान पाएका छैन । बालबालिकाको भविष्य पनि अन्योल बन्दै गएको छ । अहिले यसरी नै सयौँ अभिभावकसँगै बालबालिकाहरू रहरले होस या करले काम गर्ने बाध्य पनि भएका छन् । यती बेला बेलबारी र कानेपोखरीले मात्र नभएर यो समस्या देशले नै बेहोरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्