सुर्खेत, २४ जेठ। नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ५८ वर्षका पुरुष र ५५ वर्षकी महिलाको निधन भएको छ ।
क्वारेनटाइनमा रहेका ५८ वर्ष पुरुषको डोल्पामा २१ गते रातीको २ बजे निधन भएको हो । डा. देवकोटाका अनुसार निधन भएका पुरुष धमको बिरामी थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षण उनको रिर्पोट पोजेटिभ देखिएको हो ।
सेती अस्पतालमा धनगढी ४ की ५५ वर्षकी महिलाको जेठको २३ गते दिउसो १२ बजे निधन भएको हो । डा. देवकोटाका अनुसार उनी मिर्गौला रोगबाट ग्रसित थिइन । सेती प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।