विश्वभर कोरोनाबाट ३ लाख ९३ हजार १४२ को मृत्यु : ६६ लाख ९८ हजार ६१५ संक्रमित


काठमाडौं, २३ जेठ । विश्वभर कोरोना संक्रमित सङ्ख्या ६६ लाख ९८ हजार बढी पुगेको छ । वर्ल्डओमिटरको तथ्याङ्कले अहिलेसम्मको संक्रमित सङ्ख्या ६६ लाख ९८ हजार ६१५ पुगेको छ भने ३२ लाख ४९ हजार ४५७ जना निको भएका छन् ।

३ लाख ९३ हजार १४२ को कोरोनाबाट मृत्यु भइसकेको वर्ल्डओमिटरले जनाएको छ । ३० लाख ५६ हजार १६ जनाको उपचार भइरहेको छ । उपचार भइरहेका मध्य ५५ हजार ४६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले जनाएको छ । ३० लाख ५५६ जनाको स्वास्थ्य सामान्य रहेको छ ।

अमेरिकामा संक्रमित सङ्ख्या १९ लाख २४ हजार ५१ पुगेको छ भने १ लाख १० हजार १७३ जनाले ज्यान गुमाइ सकेको छ । उपचार पछि ११ लाख १ हजार ६२६ जना निको भएका छन् ।

अमेरिका पछि सबै भन्दा बढी कोरोनाबाट मानिसको ज्यान युकेमा गएको छ । युकेमा ३९ हजार ९०४ जनाको मृत्यु भएको छ । २ लाख ८१ हजार ६६१ जना संक्रमित भएका छन् ।

नेपालको छिमेकी देश भारतको अवस्था हेर्ने हो भने कोरोना नियन्त्रण गारो भन्दै गएको छ । २ लाख २६ हजार ७१३ जना संक्रमित भएका छन् भने ६ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

नेपालको अर्को छिमेकी देश चिनमा कोरोना नियन्त्रण प्रभावकारी देखिएता पनि संक्रमित तथा मृत्यु हुने सङ्ख्या पूर्ण रूपमा रोकिएको छैन । चिनमा ८३ हजार २७ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्