एलएन गच्छेदार – सुन्दरहरैंचा, २२ जेठ । मोरङको सुन्दरहरैंचाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सुन्दरहरैंचा नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सुन्दरहरैंचा नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी भारतबाट आएर क्वारेनटाइनमा बसेका व्यक्ति हुन् ।उनी सुन्दरहरैंचाको वडा नम्बर १ निवासी २४ वर्षीय पुरुष भएको बताइएको छ ।