‘तरकारीबाट कोरोना सर्ने भ्रम फैलिएको हो’ : प्रवक्ता डा. देवकोटा


काठमाडौँ, २१ जेठ । तरकारीबाट कोरोना सर्ने भ्रम भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छन् । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फलेको तरकारीबाट हालसम्म कोरोना सरेको कुनै पनि प्रमाण नभएकोले भ्रममा नपर्न अनुरोध गरेका छन् ।

प्रवक्ता डा. देवकोटाले भने, ‘मानिसहरूले कोरोना सर्ने भन्दै एक ठाउँबाट अर्को ठाउँमा जाने तरकारी नष्ट गर्ने काम गरिएको छ । त्यस सम्बन्धमा खाना, खानाका प्याकेट, तरकारी, फलफूलबाट कोभिड १९ को भाइरस सरेको प्रमाण छैन । अहिले सम्म कसैलाई पनि सरेको थाहा भएको छैन ।’

श्वासप्रश्वासबाट सार्ने भएकोले रोगीले संक्रमित व्यक्तिले हाछिउ गर्दा, खोक्दा, बोल्दा, थुक्का छिटाहरू अन्य व्यक्तिमा पर्दा, सतहमा परेर व्यक्तिको नाख, मुखबाट सर्ने भएकोले तरकारी, फलफूलबाट कोरोना सर्ने भ्रम भएको उनले बताएका छन् ।

सुरक्षाका उपायहरू अपनाएर सरसफाइमा ध्यान दिऊ भने कोरोना सर्ने नसक्ने जनाउँदै तरकारी र फलफूल नष्ट नगर्न प्रवक्ता डा. देवकोटाले अनुरोध गरेका छन् ।

https://youtu.be/7hU4jIirTfo

प्रतिक्रिया दिनुहोस्