काठमाडौँ, २१ जेठ । थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको निधन भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ १३ गते काठमाडौँ सिनामंगलस्थित मेडिकल कलेजको शिक्षण अस्पताल (केएमसी) मा उपचारको लागि भर्ना भएका थिए । उनको एमोराइजस्टोकको अप्रेसन भएको थियो ।
जेठ १५ गते स्वाबको परीक्षण पश्चात् कोरोना संक्रमण पुष्टि भएको थियो । र थप उपचारको लागि त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारको लागि सारिएको थियो । आइसियुमा उपचारको क्रममा उनको निधन भएको मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
https://youtu.be/cgMyDk8OJKQ