बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि केएमसी अस्पताल बन्द


काठमाडौँ, २१ जेठ । काठमाडौँ सिनामंगलस्थित मेडिकल कलेजको शिक्षण अस्पताल (केएमसी) मा आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले सूचना जारी गर्दै दुई बिरामी र दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको जनाइएको छ ।

मङ्गलवार स्वास्थ्य मन्त्रालयले काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालमै गर्भवती जाँच गराउन आएकी भक्तपुरकी एक महिलामा पनि मङ्गलवार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्