थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : नेपालमा एक हजार ८११ संक्रमित


काठमाडौँ, १९ जेठ । थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको सङ्ख्या एक हजार ८११ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो । यसअघि आजै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्