एकै दिनमा २२६ जनामा कोरोना संक्रमणको पुष्टि : संक्रमित संख्या १७९८ पुग्यो


काठमाडौं, १९ जेठ । आज सोमबार एकै दिनमा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा पहिलो पटक एक दिनमै २ सय भन्द बढी संक्रमितको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज ९सोमबार० थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३१० वटा नमुना परीक्षण गरिएको बताए ।

मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र १८० पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्