नेपालमा कोरोनाबाट २ वर्षकी बालिकासहित ८ जनाको मृत्यु : संक्रमित संख्या १५७२


काठमाडौँ, १९ जेठ । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमित सङ्ख्या एक हजार ५७२ पुगेको छ । हिजो आइतबार मात्र एकै दिनमा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक दुई वर्षका बालिकासहित ८ पुगेको छ । मन्त्रालयले दैलेखको दुल्लु नगरपालिका ७ को क्वारेनटाइनमा रहेका दुल्लु ११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीय बालिकाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएको हो ।

कोरोनाबाट बालिकाको ज्यान गएको नेपालमा यो पहिलो पटक हो । २२० जना उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म पीसीआर विधिबाट ६७ हजार ५ सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्