थप १६६ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या १५६७ पुग्यो


काठमाडौँ, १८ जेठ । नेपालमा एकै दिनमा आज (आइतबार) थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या एक हजार ५६७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १६६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। २२० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

https://youtu.be/aDqbA9uzbOQ

प्रतिक्रिया दिनुहोस्