लकडाउन थप ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय


काठमाडौँ, १७ जेठ । सरकारले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमित नेपालमा तीव्र रूपमा बढी रहेको बेला पुन लकडाउन थप्ने तयारी भएको छ । आज एक दिनमै १८९ जना संक्रमित थपिएको छ । पहिलो पटक एकै दिनमा यती धेरै नेपालमा संक्रमित थपिएको हो ।

नेपालमा नयाँ मोडालिटी तय गरेर लकडाउन खुलाउने सरकारको तयारी भइरहेको खबर सार्वजनिक भइरहेको थियो । तर भारतले भने आज थप जुन ३० सम्म लकडाउन लम्बाएको छ । भारतले लकडाउन लम्बाएसँगै नेपालमा पनि आजै सरकारले लकडाउन लम्बाउने निर्णय गरेको छ ।

उच्च जोखिम स्थानमा सेना परिचालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गते सम्म बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्