विश्वभर कोरोना संक्रमित ६० लाख ३० हजार २९४ पुग्यो : मृत्यु संख्या भारतमा चिनको भन्दा बढी


काठमाडौँ, १७ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङ्ख्या ६० लाख ३० हजार नाघी सकेको छ । वल्र्डओमिडरको तथ्याङ्क अनुसार ६० लाख ३० हजार २९४ संक्रमित पुगेको छ ।

कोरोनाबाट ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भइसकेको छ । २६ लाख ५९ हजार २५० जना निको भएका छन् । अहिले भारतमा संक्रमित सङ्ख्या तीव्र रूपमा बढेर गएको छ । चिनको भन्दा पनि बढी भएको छ । चिनमा कोरोना संक्रमित सङ्ख्या ८२ हजार ९९५ पुगेको छ भने भारतमा १ लाख ७३ हजार ४९१ पुगिसकेको छ ।

वल्र्डओमिडरको तथ्याङ्क अनुसार चिनमा कोरोनाबाट ४ हजार ६३४ जनाको ज्यान गएको छ भने भारतमा ४ हजार ९८० जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पनि भारतमा नै बढी छ । अहिले भारत कोरोनाबाट गम्भीर अवस्थामा पुगिसकेको छ । उच्च सावधानी अपनाए पनि कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्