नेपालमा पहिलोपल्ट एकै दिनमा ११४ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ८८६ पुग्यो


काठमाडौं, १४ जेठ । नेपालमा एकै दिनमा पहिलोपल्ट ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपल्ट एकै दिन एक सय भन्दा माथि कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । यसअघि एकै दिन सबैभन्दा बढी ९० जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्