७२ जना कोरोना संक्रमित थपिए : संक्रमित संख्या ६७५ पुग्यो


काठमाडाैं, १२ जेठ ।  नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहानै ७२ जना संक्रमित थपिएका हो ।

आज बिहान थपिन्नेहरुमा रौतहटकाे सबैभन्दा धेरै २६ जना, बाराकाे २१ जना, बाँकेकाे चार रहेका छन् ।  यस्तै  धनुषा, कपिलवस्तु, काठमाडौं, बर्दिया र दैलेखमा बारामा संक्रमित भेटिएका छन्।  काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिकाका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो।

त्यसैगरी भेरी अस्पताल नेपालगञ्‍जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्‍वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको हो। नेपालमा ८७ जना निको भएर घर फर्र्किएका छन् । भने ३ जनाको मृत्यु भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्