विश्वभर २४ घण्टामै ९८ हजार ४६९ कोरोना संक्रमित थपिए : थप ३ हजार ८२१ जनाको मृत्यु


काठमाडौँ, ११ जेठ । विश्वभर २४ घण्टा भित्रै थप ९८ हजार ४ सय ६९ जना कोरोना भाइस (कोभिड १९) संक्रमित बढेको छ । थप ३ हजार ८२१ जनाको मृत्यु भएको छ ।

वाल्र्डओमिटरको तथ्याङ्क अनुसार हिजोसम्म संक्रमित सङ्ख्या ५३ लाख ३ हजार ३९३ थियो भने अहिले ५४ लाख १ हजार ८६२ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ३९ हजार ९९२ बाट ३ लाख ४३ हजार ८१३ पुगिसकेको छ । वाल्र्डओमिटरको तथ्याङ्क अनुसार दैनिक लाखको हाराहारीमा कोरोना संक्रमित सङ्ख्या वृद्धि भइरहेको छ ।

अमेरिकामा २४ घण्टा भित्र कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ९८ हजार ६ सय ४७ बाट ९८ हजार ६८३ पुगेको छ । २४ घण्टामा ३६ जनाको मृत्यु भएको छ । संक्रमित सङ्ख्या भने १६ लाख ४५ हजार ९४ बाट १६ लाख ६६ हजार ८२८ पुगेको छ । थप २१ हजार ७३४ संक्रमित बढेको छ ।

नेपालको छिमेकी देश भारत पनि थप ६ हजार ६ सय २९ जना संक्रमित बढेको छ । १ लाख २४ हजार ७९४ बाट १ लाख ३१ हजार ४२३ संक्रमित सङ्ख्या पुगेको छ । थप १४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या भारतमा ३ हजार ७२६ बाट ३ हजार ८ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्