थप ३६ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ५८४ पुग्यो


काठमाडौं, १० जेठ । आज (शनिबार) दिउँसो थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज फेला परेका संक्रमितमा सबैभन्दा धेरै बाँकेको नरैनापुरबासी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्