नोबेल हस्पिटलमा इन्टर्न डाक्टर अमित यादवको ५ तलाबाट खस्दा निधन


विराटनगर । विराटनगरस्थित नोबेल हस्पिटलमा इन्टर्नशिप गर्दै आएका डाक्टर अमित यादवको ५ तलाबाट खस्दा घटनास्थलमै निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजविराज ९ का ३४ वर्षीय डाक्टर यादव बिहान करिब ६ बजे उक्त दुर्घटनामा परेका थिए ।


डाक्टर यादवको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डाक्टर यादवले केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी औषधी लिँदै आएको खुलेको छ । यही कारणले घटनाको पृष्ठभूमि अझै अनुसन्धानको विषय बनेको छ ।


प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनाबारे विस्तृत जानकारी सङ्कलन गरिरहेको जनाएको छ । घटनास्थलमा साक्षी र CCTV जस्ता प्रमाणहरूको अध्ययन भइरहेको छ, जसले दुर्घटनाको वास्तविक कारण प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्