बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थित रमिते टोलमा घरअगाडि पार्किङ गरी राखिएको ट्र्याक्टरमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय सुजन राईको स्वामित्वमा रहेको प्रदेश १-०२-००३ त ३३५४ नम्बरको ट्र्याक्टरमा सोमबार राति करिब ९ः३० बजे आगलागी भएको हो ।
राईका अनुसार चालकले ट्र्याक्टर घरअगाडिको आँगनमा पार्किङ गरेर राखेका थिए । सोही स्थानमा अचानक आगलागी भएको उनले बताएका छन् ।ट्र्याक्टरमा आगो कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको राईले जानकारी दिएका छन् ।
आगलागीबाट ट्र्याक्टरमा भएको क्षतिको विस्तृत विवरण तथा घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।



