नोबेल मेडिकल कलेजको पार्किङबाट बेवारिसे अवस्थामा ६ हजार पिस ट्रामाडोल बरामद


विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको पार्किङ क्षेत्रमा बेवारिसे अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोल बरामद गरिएको छ ।

शुक्रवार अपराह्न करिब २ः३० बजे पार्किङ क्षेत्रमा कालो रङको झोला बेवारिसे अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले उक्त झोला जाँच गरेको थियो । झोला खोलेर हेर्दा भित्र प्रतिबन्धित लागूऔषध ट्रामाडोल ६ हजार पिस फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागू औषधलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक थप अनुसन्धान भइरहेको छ । लागूऔषध कसले, कुन उद्देश्यका लागि र कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्