थप ३० जनामा कोरोना संक्रमणको पुष्टि : नेपालमा संक्रमित संख्या ४८७ पुग्यो


काठमाडौँ, ९ जेठ । आज (शुक्रबार) विहान थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणबाट नयाँ ३० जनामा संक्रमण पुष्टि भएको हो ।
नवलपरासी, विनय त्रिवेणी गाउँपालिकाका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन ।
नवलपरासीमा सुस्ता गाउँपालिकाका ५ निवासी साथै रामग्राम नगरपालिका ३ र १८ का ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिलामा संक्रमण देखिएको छ । कपिलवस्तुमा वाणगंगा न.पा.र मायादेवी गाउँपालिकाका का २२, २५, २७, २९, ३४, ३६, ४५, ५३ र ८ वर्षीय बालिका संक्रमित भएका छन ।
सर्लाही गोडैता न.पा ८, ९, ११, १३ र १४ साथै रामनगर बहुअर्वा गाउँपालिका ७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्