झापामा ८ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ४५३ पुग्यो


काठमाडौँ, ८ जेठ । झापामा आठसहित थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ ।

कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरू १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् भने रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

https://youtu.be/q7YoIXdW8d0

प्रतिक्रिया दिनुहोस्