काठमाडौँ, ७ जेठ । आज (बुधबार) थप नयाँ २५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमित संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ र नवलपरासीमा १ जना संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रलायले नियमित पत्रकार सम्मेलनमा आजको कपडेट गर्दै नयाँ संक्रमितबारे जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन् ।
कोशी अस्पतालमा रहेका आठ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि अस्पतालमा रहेका डिस्चार्ज भउका छन् । डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ । मृतकको संख्या भने दुई छ ।