खोटाङका १ जना सहित १८ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या ३७५ पुग्यो


काठमाडौँ, ५ जेठ : थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा यो सँगै संक्रमित सङ्ख्या ३७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगंज, कोसी अस्पताल, विराटनगरमा गरिएको परीक्षणबाट नयाँ संक्रमितको पुष्टि भएको हो ।

धनुषाका २ जना, खोटाङ, हलेसीका १ जना पुरुष, बाँके, नरैनापुरका १२ जना पुरुष, दैलेख, आठविस १ का १ जना पुरुष, सुनसरीका १ जना र झापाका १ जना पुरुष संक्रमित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्