काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट फेरि अर्का एक जनाको ज्यान गएको छ । बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज आयोजित स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा मृत्यु भएका बाँकेको नरैनापुरका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।
बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५ को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टाइनमा राखिएको थियो । उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
भारतबाट भागेर आएका युवालाई क्वारेन्टाइनमा राखिएको थियो । नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ ।
त्यस्तै प्रवक्ता देवकोटाले हालसम्म पिसिआर २८ हजार १६० र आरडिटी बिधिबाट ६७ हजार ७६९ को कोरोना जाँच गरिएको प्रवक्ता देवकोटाले बताए ।
उनले हाल क्वारेन्टाइनमा १८, ३५७ जना , आइशोलेशसनमा ३४६ जना, रेड जोनमा ३८२ जना रहेको जानकारी पनि दिए ।