काठमाडौँ, ४ जेठ । रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित सङ्ख्या २९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट रौतहटका ८ पुरुष र ३ महिलामा नयाँ पुष्टि भएको हो । आज आइतबार बिहान ७ १५ बजे प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
रौतहट, राजपुर न.पा. फरहदवा ९ का १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुष र इशनाथ न.पा ३, ५ का २८, ३० र ३३ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको छ ।