सुत्केरी महिलाको कोरोनाबाटै निधन भएको पुष्टि


काठमाडौँ, ३ जेठ । सुत्केरी महिलाको कोरोनाबाटै निधन भएको पुष्टि भएको छ । पहिलो पटक नेपालमा कोरोनाबाट मानिसको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका २९ वर्षीय महिलाको आज (शनिवार) धुलिखेल अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टी गरेको छ । उनी वैशाख २३ गते त्रि.वि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना भएका थिइन । २४ गते डेलिभरी भएको २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर फर्किएका थिइन ।

ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिइन । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आएका थिइन । धुलिखेल अस्पतालमा उपचारको क्रममा नै उनको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्