सुन्दरहरैचामा गोर्खा डिपार्टमेन्टसहित ३ व्यापारिक प्रतिष्ठानलाई कारबाही : गोर्खामा किरा परेको खाद्यवस्तु


एलएन गच्छदार – मोरङ, ३ जेठ। सुन्दरहरैचाको विराटचोकमा गोर्खा डिपार्टमेन्ट सहित तिन व्यापारिक प्रतिष्ठान कारबाहीमा परेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर र सुन्दरहरैंचा नगरपालिका स्थानीय प्रशासनको संयुक्त बजार अनुगमन टोलीले गोर्खा डिपार्टमेन्ट सहित तिन व्यापारिक प्रतिष्ठान कारबाही गरेको हो ।

गोर्खा डिपार्टमेन्ट स्टोरलाई रु.५० हजार, जुनतारा बजार र आरती सप्लायर्सलाई रु.१० हजार जरिवाना गरेको छ । गोर्खा डिपार्टमेन्ट स्टोरमा किरा परेको प्याकिङ च्याउ र प्याकिङ इजाजत नभेटिएकाले र मिति उल्लेख नगरेका खाद्य बस्तु सामग्री फेला परेकाले कारबाहीमा परेको हो । जुनतारा बजार र आरटी सप्लायर्समा म्याद नागेको बस्तु फेला परे पछि कारबाहीमा परेको हो ।

संयुक्त बजार अनुगमन टोलीले ४ वटा खाद्यान्न विक्री गर्ने पसलको अनुगमन गरेका थियो । अनुगमन गरिएको मध्य सगुन किराना पसल भने सन्तोषजनक पाइएको छ । मोरङमा संयुक्त बजार अनुगमन टिमले दैनिक रूपमा बजार अनुगमन गरिरहेको छ ।

गोर्खालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ट को कसुर दफा २० को उपदफा १ वा २ बमोजिम कार्य गरेको पाइएकाले प्याकिङ इजाजत नलिएकाले सोही ऐनको दफा ३९ १ ख बमोजिम जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताउनुभयो ।

अनुगमनका क्रममा सुन्दरहरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङले बिक्रेता नै पहिलो गम्भीर हुने पर्ने र आफ्नो पसलको सामानको म्याद नागेको बस्तुलाई स्टोरमा राख्नुपर्ने, कुनै पनि म्याद नागेको बस्तु बिक्री वितरण गर्न नहुने बताउनु भयो ।

त्यसै गरी बिराटचौकको औषधी पसलमा अनुगमन गर्दा सन्तोषजनक पाइयो भने यस भन्दा अगाडी नै नगरले बजार अनुगमन गर्दा स्वास्थ्य सेवा दिने औषधि पसलमा म्याद नागेको औषधी नभेटिएको औषधि व्यवस्था विभागले जानकारी दिनुभयो ।

बाहिर महामारी र भित्र भोकमरीको समस्या भएको लकडाउनको अवस्थामा भेटिएका म्याद गुज्रिरहेको बस्तुहरू हटाउन र बिक्री नगर्न त्यस्ता अखाद्य बस्तुलाई संयुक्त अनुगमन टोलिला नष्ट गरी सचेत गराएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई खेलबाड नगर्न, गुणस्तरीय बस्तु सहज आपूर्ति गर्न बिल बिजक सहित मूल्य सुची राखेर बिक्री वितरण गर्न बारम्बार सचेत गराए पनि कतिपय ठाउँमा कार्यान्वयन भने देखिएको छैन। यस्ता म्याद गुज्रिरहेको अखाद्य बस्तु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्य कस्तो असर पर्छ त ? आम उपभोक्ता पनि उतिकै सचेत हुन् जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्