निधन सुत्केरी महिला कोरोना संक्रमित भएनभएको स्वास्थ्य मन्त्रालयले बताएन


काठमाडौँ, ३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कोरोना भाइरस संक्रमण पुष्टि भईनसकेको जनाएको छ । मन्त्रालयले आवश्यक परीक्षण पछि मात्र जानकारी गराउने बताएको छ ।

धुलिखेल अस्पतालमा उपचारका लागि आएकी एक सुत्केरी महिलाको निधन भएको हो । निधन शङ्कास्पद भएपछि अहिले अस्पताल नै ‘शिल’ गरिएको छ ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको र अस्पतालको भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नौ दिनकी ती सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट शङ्कास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्