काठमाडौँ, ३ जेठ । थप नयाँ ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ ।
बर्दिया, नार्खु ११ का २८ वर्षीय महिला, सिराहा, सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा, विरगंज १२ का २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर ४ का १८ वर्षीय महिला, चितवन, गढौली १ का २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।