३ बालकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित सङ्ख्या २६७ पुग्यो


काठमाडौँ, २ जेठ । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या २६७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार ३ बालकसहित थप नयाँ ९ जनामा नयाँ पुष्टि भएको छ ।

पर्सा, विरगंजका ९, १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा २५ वर्षीय पुरुष, दाङको गढवाका ४, ५ र तुलसीपुर ७ का २३, ३६, ३४ वर्षीय पुरुष, काठमाडौँ सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमित पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्