काठमाडौँ, २ जेठ । थप नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या २५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमितको पुष्टि भएको हो । मकवानपुरका ३७ वर्षीय पुरुष, बाके, नैनापुर वाड नं.१, ३, र ५ का १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष संक्रमित भएका छन् ।