काठमाडौँ, १ जेठ । थप तिन जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ, जनकपुर र धादिङका संक्रमित पुष्टि भएको हो । काठमाडौँका ७ वर्षीय पुरुष, जनकपुर, धनुषका १७ वर्षीय महिला र धादिङका ३० वर्षीय महिला संक्रमित भएका छन् ।