विश्वभर कोरोना बाट २ लाख ९८ हजार १६५ को मृत्यु : ४४ लाख २९ हजार २३६ संक्रमित


काठमाडौँ, १ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट करिब तिन लाख छेउको संख्यामा मानिसले ज्यान गुमाएका छन् । वाल्र्डओमिटरको तथ्याङ्क अनुसार अहिले सम्मको २ लाख ९८ हजार १६५ मानिसले ज्यान गुमाइसकेका छन् ।

यही अनुसार मानिसको मृत्यु दर रहने हो भने एक साता नपुगिनै ३ लाख कट्ने देखिन्छ । विश्वभर संक्रमित संख्या ४४ लाख २९ हजार २३६ जनाले पुगेको छ । १६ लाख ५८ हजार ९९५ जना निको भएका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८५ हजार १९७ पुगेको छ । संक्रमित संख्या १४ लाख ३० हजार ३४८ पुगेको छ भने ३ लाख १० हजार २५९ जना निको भइसकेका छन् । अमेरिका पछि कोरोनाबाट सबै भन्दा मानिसको मृत्यु युकेमा भएको छ । अहिले सम्म युकेमा कोरोनाबाट ३३ हजार १८६ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित संख्या २ लाख २९ हजार ७०५ जना पुगेको छ ।

अमेरिका र युके पछि, इटाली र स्पेनमा कोरोनाबाट बढी मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु संख्या ३१ हजार १०६ जना पुगेको छ भने स्पेनमा २७ हजार १०४ जनाले ज्यान गुमाइ सकेका छन् । स्पेनमा १ लाख ८३ हजार २२७ जना र इटालीमा १ लाख १२ हजार ५४१ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्