काठमाडौँ, १ जेठ । नेपालमा कोरोना संक्रमित सङ्ख्या २५० पुगेको छ । आज बिहीबार बिहान थप नयाँ ५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सर्लाही, धान्कौला नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला, महोत्तरी जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १३, ३५ वर्षीय पुरुषमा संक्रमितको पुष्टि भएको हो ।