काठमाडौं, ३१ बैशाख । थप एक जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २१८ पुगेको छ ।
धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार कोरोना देखिएका ३६ वर्षीय पुरुष बाँकेको हुन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।