काठमाडौँ, ३० वैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको सङ्ख्या २१७ पुगेको छ । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा आज (मङ्गलवार) एक दिनमै ८३ जना नयाँ कोरोना संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आजै पहिलो चरणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भए पछि १७ जना र थप नयाँ ९ जनामा कोरोना संक्रमितको पुष्टि भएको हो । आज पुष्टि भएको दोस्रो पटक र तेस्रो पटकको संक्रमित सङ्ख्या २६ जना पर्सा, धनुषा, भक्तपुर, काठमाडौँ र सर्लाहीको रहेको छ ।
कोरोना संक्रमित पुष्टि २६ जनामा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला, १६, २२, २५, २८, २८, ३२, ५९, ५५, ६१, र ६१ वर्षीय महिला गरी १६ जना, महोत्तरीका १६, ३५ वर्षीय दुई महिला र २७ वर्षीय एक पुरुष, धनुषाका २० वर्षीय एक महिला र ४० वर्षीय एक पुरुष गरी, भक्तपुरका २५ वर्षीय एक महिला र २७ वर्षीय एक पुरुष, काठमाडौँका ३३ वर्षीय एक महिला र सर्लाहीका ४५ वर्षीय एक पुरुष रहेका छन् ।