काठमाडौं, ३० बैशाख । एकै दिनमा थप नयाँ ५७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित सङ्ख्या १९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जना संक्रमित भएको पुष्टि भएको हो । नेपालमा पहिलो पटक एकै दिनमा यती धेरै संक्रमित सङ्ख्याको पुष्टि भएको छ ।
थप नयाँ ५७ जना कोरोना संक्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिउसो १ः१० बजे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको हो ।