कपिलवस्तु, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या १२० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ निवासी १८, १९, २०, २०, ३०, ३१, ३४ वर्षीय पुरुष र एक उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरूको अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।