नेपालमा संक्रमितको संख्या ११० पुग्यो : उदयपुरमा थप एक जना संक्रमित


काठमाडौँ, २७ वैशाख। उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ११० पुगेको छ ।

उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको सङ्ख्या ३५ पुगेको छ भने निको हुनेको सङ्ख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थियो । उनीहरू १८, ४५ र ६५ वर्षीय महिला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्