विश्वभर कोरोना २४ घण्टामै १ लाख ४ हजार ४ सय ९९ थप नयाँ संक्रमित, ५ हजार ९९९ को मृत्यु


काठमाडौँ, २७ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित सङ्ख्या ४० लाख १२ हजार ७७० जना पुगेको छ । मृत्यु २ लाख ७६ हजार २१५ को मृत्यु भइसकेको छ ।

२४ घण्टा भित्रनै १ लाख ४ हजार ४ सय ९९ जना थप नयाँ संक्रमित थपिएको छ । वल्र्डओमिटरको तथ्याङ्क अनुसार हिजो सम्म संक्रमित सङ्ख्या ३९ लाख ८ हजार २७१ थियो । निको हुने सङ्ख्या पनि बढी रहेको छ । अहिले सम्म १३ लाख ८५ हजार १२३ जना निको भइसकेका छन् । २४ घण्टमै ५ हजार ९९९ को मृत्यु भएको छ ।

कोरोनाबाट अमेरिका धेरै नै प्रभावित देखिन्छ । अहिले अमेरिकामा २४ घण्टा भित्र ७६ हजार ७ सय ९२ देखी ७८ हजार ६१५ मृत्यु सङ्ख्या पुगेको छ । संक्रमित सङ्ख्या १३ लाख २१ हजार ७८५ पुगेको छ । पछिल्लो समय संक्रमित सङ्ख्या १२ लाख ८९ हजार १०५ जना थियो भने २ लाख १५ हजार ५ सय ९८ जना निको भएका थिए । २४ घण्टा यता निको हुने सङ्ख्या २ लाख २३ हजार ६ सय ३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्