विश्वभर कोरोनाबाट २ लाख ७० हजार २१६ जनाको मृत्यु : १३ लाख ३५ हजार १११ जना संक्रमित निको भए


काठमाडौँ, २६ वैशाख / विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २ लाख ७० हजार भन्दा बढी पुगेको छ । संक्रमित सङ्ख्या ३९ लाख ८ हजार २७१ जना पुगेको छ ।

वर्ल्डओमिटरको तथ्याङ्क अनुसार अहिले सम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या २ लाख ७० हजार २१६ जना पुगी सकेको हो । १३ लाख ३५ हजार १११ जना निको भएका छन् ।

कोरोनाबाट अहिले सम्म सबै भन्दा बढी प्रभावित भएको देशमध्ये अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोनाबाट ७६ हजार ७ सय ९२ जनाको मृत्यु भइसकेको छ । संक्रमित सङ्ख्या १२ लाख ८९ हजार १०५ जना पुगेको छ भने २ लाख १५ हजार ५ सय ९८ जना निको भएका छन् ।

यसै गरी युकेमा कोरोनाबाट ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने २ लाख ६ हजार ७१५ जना संक्रमित सङ्ख्या पुगेको छ । कोरोनाबाट बढी प्रभावित देशमा इटालीमा २९ हजार ९५८ जना, स्पेनमा २६ हजार ७० र फ्रान्समा २५ हजार ९८७ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।

संक्रमित सङ्ख्य इटालीमा युकेको भन्दा बढी रहेको छ । इटालीमा २ लाख १५ हजार ८५८ जना संक्रमित सङ्ख्या पुगेको छ । यसै गरी स्पेनको मृत्यु हुनेको सङ्ख्या इटालीको भन्दा कम भए पनि संक्रमित सङ्ख्या बढी छ । स्पेनमा संक्रमित सङ्ख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । फ्रान्समा संक्रमित सङ्ख्या १ लाख ४ हजार ७९१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्