कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या १०१ जना पुग्यो


काठमाडौँ, २६ वैशाख / थप नयाँ कपिलवस्तुका दुई जनामा कोरोना भाइरस (कोभिड – १९ ) संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै संक्रमित सङ्ख्या १०१ जना पुगेको छ ।

कपिलवस्तु ८ निवासी वर्ष १६ र २२ का पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा भएको परीक्षणबाट नयाँ दुई जना संक्रमित पुष्टि हो ।

प्रतिक्रिया दिनुहोस्