काठमाडौँ, २४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिने शिशुसहित थप १७ जना कोरोना संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।