नेपालगञ्जमामा थप नयाँ ७ जना कोरोना संक्रमित पुष्टि : नेपालमा संक्रमित संख्या ८२ पुग्यो


काठमाडौँ, २३ वैशाख । नेपालगञ्जमामा कोरोना भाइरस कोभिड १९ को थप नयाँ ७ जना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित सङ्ख्या ८२ पुगेको छ ।

आज मङ्गलबार भेरी अस्पताल, नेपालगञ्जमाको प्रयोगशालामा भएको परीक्षणबाट नयाँ संक्रमितको पुष्टि भएको हो । नेपालगञ्जमा ८ निवासी २२, ३०, ४० वर्षका पुरुष, ०९, ३२, ३४ र ५५ वर्षका महिला संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्