विश्वभर कोरोनाबाट २४ घण्टामै ४ हजार ८४ जनाको मृत्यु : थप नयाँ ७८ हजार ८३६ संक्रमित


काठमाडौँ, २३ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट २४ घण्टामै ४ हजार ८४ जनाको मृत्यु भएको छ । ७८ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएको छ ।

हिजोसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख ४८ हजार २ सय ८२ थियो भने अहिले दुई लाख ५२ हजार ३ सय ६६ जनाको पुगेको छ । वर्ल्डवमिटरको तथ्याङ्क अनुसार अहिले सम्म ३६ लाख ४४ हजार ८ सय ४० जना संक्रमित भएका छन् भने हिजो संक्रमित सङ्ख्या ३५ लाख ६६ हजार ४ जना थियो ।

एसियामा थप नयाँ १४ हजार २७ जना संक्रमित थपिएको छ । ४ सय ५९ जनाको २४ घण्टमै मृत्यु भएको छ । योसँगै एसियामा संक्रमित सङ्ख्या ५ लाख ७२ हजार ८ सय ४० जना पुगेको छ भने मृत्यु सङ्ख्या २० हजार ७८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्