विश्वभर कोरोनाबाट २ लाख ४८ हजार २८२ जनाको मृत्यु : ३५ लाख ६६४ संक्रमित


काठमाडौँ, २२ वैशाख । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या दुई लाख ४८ हजार जना भन्दा बढी भइसकेको छ । अहिले सम्म संक्रमित सङ्ख्या ३५ लाख ६६ हजार ४ जना पुगी सकेको छ ।

वर्ल्डवमिटरको तथ्याङ्क अनुसार दुई लाख ४८ हजार २ सय ८२ जनाको मृत्यु भएको छ भने ११ लाख ५४ हजार १४ जना निको पनि भएका छन् । हालसम्मको वर्ल्डवमिटरको तथ्याङ्क अनुसार एसियामा ५ लाख ५८ हजार ८१३ जना संक्रमित छन् । १९ हजार ६१९ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार १८० जना निको भएका छन् ।

एसिया भित्रका देशहरूमा कोरोनाको प्रभाव हेर्ने हो भने टर्की, इरान, चाइना र भारतमा सबै भन्दा धेरै र भुटान, लाओस , टिमोर्-लेस्ते, मङ्गोलिया, मकाउ र नेपालमा सबै भन्दा कम प्रभाव परेको छ । तुर्कीमा मात्र १ लाख २६ जना संक्रमित भएका छन् ।

एसिया भित्रको टर्की, इरान, चाइना र भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सबैको हजार भन्दा माथि रहेको छ । इरानमा ६ हजार २०३, चाहिनामा ४ हजार ६ सय ३३, टर्कीमा १ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ । टर्कीमा १ लाख २६ हजार ५४, इरानमा ९७ हजार ४ सय २४, चाहिनामा ८२ हजार ८ सय ८० र भारतमा ४२ हजार ५ सय ५ जना कोरोना कोरोना संक्रमित सङ्ख्या पुगिसकेको छ ।

कोरोनाको कम प्रभावित देशहरूमा भुटानमा ७ जना, लाओस १९ जना, टिमोर्-लेस्ते २४ जना, मङ्गोलिया ३९ जना, मकाउ ४५ जना र नेपालमा ७५ जना संक्रमित सङ्ख्या पुगेको छ । यी कुनै पनि देशमा कोरोनाबाट मृत्यु भने भएको छैन । निको हुनेको सङ्ख्या भने वृद्धिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्